ईटहरी उप म.न.पा. वार्ड न. 8 गैसारमा अवस्थित विद्युत कार्यालयको दक्षिण पट्टि केहि अगाडी छ ।
Office Visit Date को भोलि पल्ट आफ्नो युजर आईडि र पासवर्ड प्रयोग गरेर लग ईन गरी Profile Unlock मा क्लिक गरी Biometric Absent चढाउने र 15 दिन पछि पुनः आवेदन दिनुपर्छ।
Citizenship Already Registered भनेमा सवारी चालक अनुमतिपत्रको लागि पहिले नै सही नागरिकता नम्बर राखेर युजर आईडि बनाएको बुझ्नु पर्छ। र सोही युजर आईडि र पासवर्डवाट सवारी चालक अनुमतिपत्रको लागि आवेदन गर्नु पर्छ।
तपाई संग भएको लाईसेन्समा भएको जन्म मिति र आवेदन गर्ने Website मा भएको तपाईको युजर आईडिको जन्म मिति फरक भएमा, लाईसेन्स जारी भएको र समाप्ति हुने मिति फरक परेमा अथवा अन्य कुनै विवरण फरक परेमा EDL Server Busy भनेर देखाउछ।
Office Visit Date को भोलि पल्ट युजर आईडि खोलेर Profile Unlock मा क्लिक गरी Biometric Absent चढाउने र १५ दिन पछि गलत भएको बिबरणलाई सच्याएर पुनः आवेदन दिनु पर्छ। 15 दिन अगावै आवेदन गरेमा एउटै Reference Number सृजना भएर पुरानै बिबरण कार्यालयमा प्राप्त हुन्छ र कार्यालयले त्यसलाई स्वीकार गर्दैन।